३० असार २०८२, सोमबार | Mon Jul 14 2025


तुफानका कारण कोलकाताको जनजीवन अस्तव्यस्त, बिमानहरु डुबे


0
Shares

काठमाडौं, जेठ ९ । अम्फान तुफानका कारण जलमग्न बनेको कोलकता बिमानस्थलको पानी पन्छाउन सकिएको छैन ।

भारी बर्षा र तुफानका कारण बिमानस्थलको पार्किङमा राखिएको सम्पूर्ण बिमानहरु डुबेका छन् ।

लकडाउनका कारण हवाई उडानहरु रद्द गरिएतापनि कार्गो उडानहरु हुँदै आएकोमा सो उडान पनि प्रभावित भएको छ ।

प्रतिघण्टा १ सय ६० देखि १ सय ८० किलोमिटरको बेगमा ६ घण्टासम्म आएको तुफानले बिमानस्थलको संरचनामा समेत क्षती पुर्याएको छ ।

यसैबीच शुक्रबार पनि कोलकतामा प्रति घण्टा १ सय ३० किलोमिटरको दरले तुफान आइरहेको छ भने त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।

हजारौं घरहरु भत्केका छन् भने कोराना क्वारेन्टाइन स्थलको समेत छाना उडाएकाले कोरोना संक्रमितहरु थप मारमा परेका छन् ।

यसअघि अम्फानको प्रभाव पश्चिम बंगालमा परेको थियो । त्यहाँ असंख्य मात्रामा मानवीय र भौतिक क्षति भएको छ । (एजेन्सी)