३० असार २०८२, सोमबार | Mon Jul 14 2025


पाकिस्तानमा ‘१०७’ जना सवार विमान दुर्घटना


0
Shares

काठमाडौं, जेठ ९ । पाकिस्तानमा एक यात्रीवहाक विमान दुर्घटना भएको छ । कराचीमा विमान दुर्घटना भएको हो ।

कराची एअरपोर्टमा अवतरण गर्नुअघि विमान दुर्घटना भएको बीबीसीले जनाएको छ ।

पाकिस्तानको राष्ट्रिय एअरलाइन्स कम्पनी ‘पीआईए’को विमान दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलमा कालो धुवाँको मुस्लो उडिरहेको देखिएको छ ।

दुर्घटनामा परेकाहरुको स्थितिबारे कुनै सूचना सार्वजनिक गरिएको छैन ।

विमानमा ९९ जना यात्री र चालकदलका आठ सदस्य रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

शुक्रबार दिउँसो लाहोरबाट उडान भरेको एअरबस ‘ए–३२० पीके ८३०३’ अवतरणअघि एअरपोर्टनजिक एक ‘मोडल कोलोनी’मा खसेको जनाइएको छ ।

कोलनीका केही घरहरुमा समेत आगलागी भएको छ । केही सवारी–साधनहरु पनि जलेको देखिएको छ ।

विमानमा सवारहरुको जीवितै उद्धारको सम्भावना कम भएको पनि बताइएको छ ।

त्यसैगरी, घरका केही मानिससमेत हताहती भएको हुनसक्ने बीबीसीले जनाएको छ ।