
बारा । सिमरा बिमानस्थलबाट दुई वटा निजी कम्पनीले मात्र उडान नियमित गरेपछि भाडामा सिण्डिकेट सुरु भएको छ ।
उडान भर्नेे चार निजी कम्पनी मध्ये दुई वटा कम्पनीले मात्र उडान नियमित गरेपछि यात्रु भाडामा सेण्डिकेट सुरु भएको हो ।
दुई साता अघिदेखि गुण र श्री एयरलाईन्सले सिमराबाट हुने नियमित उडान स्थगित गरेका छन् । बुद्ध र यति एयरलाईन्सले भने यात्रुलाई एउटै भाडादर सेटिङ गरी लिन थालेका हुन् ।
यात्रुको माग बढेसँगै यति, श्री र गुणले सिमराबाट उडान गर्दा भाडामा एकाधिकार तोडिएकोमा पुनः मनपरी भाडा दर लिन थालिएको छ ।
सिमराबाट चार बिमान कम्पनीले दैनिक १२ उडान भर्दा यात्रुको संख्या बृद्धि हुदै गएको थियो ।
प्रतिक्रिया दिनुहोस्