२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


जोन अब्राहमको नयाँ फिल्मको मिति घोषणा


39
Shares

एजेन्सी । बलिउड अभिनेता जोन अब्राहमले भारतीय स्वतन्त्रता दिवसको अवसर आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् ।

उनको फिल्मको नाम ‘तारिक’ हो । उनले सामाजिक सञ्जालमार्फत यो फिल्म आगामी वर्ष १५ अगस्टमा स्वतन्त्रता दिवसकै अवसरमा रिलिज हुने खुलासा गरेका छन् ।

यो फिल्ममा अभिनयका अलावा जोन सह निर्माता पनि हुन् ।

जोन अब्राहमले फिल्मको रिलिज मिति घोषणा पोस्टर सेयर गर्दै लेखे, “आजादी की ‘तारिक’ १५ अगस्ट २०२३। ‘तारिक’ तेहरान र बाटला हाउस पछि ‘बेक माई केक फिल्म्स’ सँगको हाम्रो अर्को सहकार्य हो। राम्रो कथाहरू सुनाउने स्वतन्त्रता समय मनाउनु।”

अरुण गोपालनको निर्देशन रहने फिल्ममा जोन अब्राहम, सन्दीप लेजल र शोभना यादवले संयुक्त रुपमा निर्माण गर्नेछन् । फिल्मको कथा ललित मराठेले लेखेका हुन् ।