१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


इरानी प्रतिनिधिमण्डल सीमा विवाद बारे छलफल गर्न अफगानिस्तान पुग्याे


260
Shares

काठमाडौं । इरान र अफगानिस्तानबीच सीमा विवाका विषयमा छलफल गर्न इरानी विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल अफगानिस्तान पुगेको छ ।

अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डल काबुल पुगेको हो । इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिवान सेनाहरूबीच विवाद भएपछि इरान चिन्तित बनेको हो ।

इरानसँग सीमा जोडिएको निमरुज प्रान्तको कांग जिल्लाको दरविश क्षेत्रमा भएको भिडन्तमा परी एक तालिवान लडाकु मारिएका छन् । साथै अर्का एक जना घाइते भएपछि तालिवान इरानप्रति रुष्ट बनेको हो ।

इरानको इस्लामिक गणतन्त्रका सीमा गार्डहरू र तालिवान सेनाहरूबीच केही सातादेखि झडप जारी छ ।