
काठमाडौं, जेठ ९ । कोरोनाभाइरसबाट प्रभावित नेपालको अर्थतन्त्र पुनर्उत्थान गर्न दुई खर्ब रुपैयाँ बराबरको आर्थिक तथा राहत प्याकेज तुरुन्त ल्याउनुपर्नेमा एक अध्ययन प्रतिवेदनले जोड दिएको छ ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गरेको ‘सर्भाइवल, रिभाइवल एन्ड बियोन्ड : नेपाल्स स्ट्राटेजी टु म्यानेज द इम्प्याक्ट अफ कोभिड–१९’ प्रतिवेदनले कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतको प्याकेज ल्याउनुपर्ने निचोड निकालेको हो ।
प्रतिष्ठानका अध्यक्ष तथा पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेलसमक्ष उक्त प्रतिवेदन बुझाएका हुन् ।
यसबाहेक जीवनयापनमा समस्या परेकालाई नगद वा खाद्यान्न उपलब्ध गराउनुपर्ने, कोरोनाको परीक्षण बढाउनुपर्ने, एसइई परीक्षा खारेज गर्नुपर्ने, स्वास्थ्यकर्मीलगायतको मनोबल बढाउनुपर्नेजस्ता सुझाव पनि प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदन ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रतिवेदनको धेरैभन्दा धेरै सुझावहरु बजेटमा समावेश गर्न अर्थमन्त्रीसँग छलफल गर्ने आश्वासन दिएका थिए ।
अध्ययन समितिमा नेपालका प्रतिष्ठित अर्थविद्हरु सदस्य रहेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्