
नयाँदिल्ली, जेठ ९ । भारतमा कोरोनाभाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमकाअनुसार पछिल्लो २४ घन्टामा छ हजार ८८ जना संक्रमित भेटिएका हुन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार योसहित भारतमा कोरोना संक्रमितको कुल संख्या एक लाख १८ हजार ४४७ पुगेको छ ।
त्यसैगरी, भारतमा विगत २४ घन्टामा १४८ जनाको मृत्यु भएको छ ।
यहाँ कोरोनाभाइरसबाट अहिलेसम्म तीन हजार ५८३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्