३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


भारतीय दुतावासले भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो


156
Shares

काठमाडौं । नेपालस्थित भारतीय दुतावासले भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ ।

काठमाडौंको लैनचौरमा रहेको भारतीय दुतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो ।

भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दुतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिनु भएको सन्देश पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो ।

त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, संगीत प्रस्तुत गरिएको थियो ।