२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


फ्रेन्च फुटबल खेलाडी ओलिभर जिरु आउँदो सिजन पनि चेल्सीमै रहने


0
Shares

एजेन्सी । फ्रेन्च फुटबल खेलाडी ओलिभर जिरु आउँदो सिजन पनि चेल्सीमै रहने भएका छन् ।

इंग्लिस प्रिमियर क्लब चेल्सीले जिरु सम्झौता १२ महिना थप गरेको हो । गत जनवरीमा जिरुले प्रिमियर लिगका पाँच खेलमा मात्रै सहभागिता जनाएका थिए ।

उनको चेल्सीसँगको सम्झौता ६ महिना बाँकी थियो । चेल्सीसँगको अनुबन्ध थपिएपछि आफू खुशी रहेको जिरुले बताएका छन् ।

जिरु सन् २०१८ को जनवरीमा आर्सनलबाट चेल्सी आएका हुन् ।