२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


जर्मनी फुटबल क्लबका थप दुई जनामा कोरोना संक्रमण पुष्टि


0
Shares

एजेन्सी । जर्मनीको दोस्रो डिभिजनको फुटबल क्लब डाइनामो ड्रेसडेनका थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

डाइनामोले हिजो आफ्ना थप एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना पोजेटिभ देखिएको जनाएको छ । यसअघि डाइनामोका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।

क्लबले खेलाडी तथा स्टाफमा कोरोना देखिएपछि सबैलाई आइशोलेसनमा राखेको थियो । कोरोना देखिएका दुवै जनालाई आइशोलेसनमा पठाइएको समेत क्लबले जनाएको छ ।

यस्तै अन्य खेलाडीले भने भोलिबाट प्रशिक्षण थाल्ने छन् । कोरोना भाइरसको महामारी जारी रहेपनि जर्मनीको शीर्ष दुई डिभिजनका लिग गत शनिबारबाट सुचारु भइसकेको छ ।