२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


युएईले पठाएको स्वास्थ्य सहायता सामग्री इजरायलबाट अस्वीकार


0
Shares

एजेन्सी । सरकारीस्तरमा समन्वय नगरी स्वास्थ्य सहायता सामग्री पठाएको भन्दै इजरायलले संयुक्त अरब इमिरेट्स (युएई) को सहयोग लिन अस्विकार गरेको छ ।

प्यालेस्टाइन अधिकार मन्त्रालयका अधिकारीहरुले आफूहरुसँग छलफल नै नगरी सहायता सामग्री पठाइएको भन्दै चिकित्सा सहायता ढुवानी लिन अस्वीकार गरेको जनाएका छन् ।

इजरायलको बेन गुरियन विमानस्थलमा पुगेको युएइको सहायता सामग्रीसहितको जहाज पुगेलगत्तै सरकारको यस्तो धारणा सार्वजनिक भएको हो ।

युएईसँग इजरायलको कुनै आधिकारीक सम्बन्ध नभएपनि यी दुई देशबीच पहिलो पटक सार्वजनिक उडान गर्न खोजिएको विश्लेषकहरुले बताएका छन् ।