२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


कोरोनाबाट विश्वभर ५२ लाख संक्रमित, २० लाख ४० हजार निको


0
Shares

काठमाडौं, जेठ ८ । विश्व महामारी कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३० हजार नाघेको छ ।

५१ लाख ८९ हजार संक्रमित मध्ये २० लाख ३७ हजार उपचार पछि निको भएका छन् । ४५ हजार बढी संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

संक्रमितको संख्या १५ लाख ९३ हजार नाघेको छ । बेलायतमा २ लाख ४८ हजार बढी संक्रमित मध्ये ३५ हजार ७ सय जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख २७ हजार ३ सय बढी संक्रमित र ३२ हजार ३ सय बढीको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ८१ हजार ५ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार १ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ७९ हजार ५ सय बढी कोरोना संक्रमित मध्ये करिब २७ हजार ८ सयको मृत्यु भएको छ ।

ब्राजिलमा २ लाख ९३ हजार ३ सय बढी संक्रमित हुंदा १८ हजार ८ सय बढीको मृत्यु भएको छ ।

बेल्जियममा ९ हजार १ सय ८६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५६ हजार २ सय ३६ पुगेको छ ।

उता जर्मनीमा १ लाख ७८ हजार ५ सय बढी संक्रमित र ८ हजार २ सय बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय ६७ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ ।

रसियामा ३ लाख ८ हजार ७ सय बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ९ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख १२ नाघ्दा ३ हजार ४ सय ३८ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा हालसम्म १ हजार १ सय १७ जनाको मृत्यु हु्ँदा ४८ हजार ९१ जनाको संक्रमित भएका छन् । (एजेन्सी)