२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


पेरुमा संक्रमितको संख्या बढ्दै


0
Shares

काठमाडौं, जेठ ८ । पेरुमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ भने तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।

पेरुको करिब ३ करोड २० लाख जनसंख्या मध्ये एक तिहाई बसोबास गर्ने लिमा र तटीय शहर कालाओमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । दक्षिण अमेरिकामा ब्राजिल र मेक्सिको पछि पेरुमा सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएका छन् ।

गत अप्रिल ३० यता संक्रमित र मृत्यु हुनेको दर तीन गुणाले बढ्दै गएको र यसले गम्भीर स्थिती निम्तने सक्ने अनुमान त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

भाइरस फैलिन नदिन पेरुमा बिगत ९ सातादेखि लकडाउन जारी छ ।

संक्रमितको संख्या बढ्दै गएपछी पेरुका अस्पतालमा बिरामीको संख्या व्यापक रुपमा बढ्नुका साथै अस्पतालहरुमा स्वास्थ्य सामग्रीको चरम अभाव हुन थालेको छ ।

स्थानीयबासीले चिकित्सा सेवाको पर्याप्त व्यवस्था नहुँदा संक्रमितहरुको घरघरमै ज्यान गइरहेको भन्दै सरकारको ब्यापक बिरोध भएको छ । (एजेन्सी)