
काठमाडौं, जेठ ८ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्नको मौज्दात पर्याप्त भएको जनाएको छ ।
कम्पनीमा हाल एक लाख ६५ हजार क्विन्टल चामल रहेको तथा दाल, सिमीलगायतका सामग्री पनि पर्याप्त रहेको जनाइएको छ ।
कम्पनीका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अब १० हजार मेट्रिकटन चामल आयात गर्न लागेको जानकारी दिए ।
यता, साल्ट ट्रेडिङले एक लाख ३५ हजार मेट्रिकटन नुन मौज्दात रहेको र त्यसले आठ महिना धान्ने छ भने चिनी दुई हजार २०० मेट्रिकटन रहेको जानकारी दिइएको छ ।
यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘लकडाउन’कै अवधिमा बजार अनुगमनबाटमात्रै एक करोड रुपैयाँ बराबरको जरिवाना संकलन गरेको छ भने दुईजनालाई मुुद्दासमेत चलाएको छ ।
विभागका महानिर्देशक सुवेदीले ग्यास, खाद्यान्न तथा सर्जिकल सामग्रीमा अनुगमन गर्दा कालोबजारी गरेको पाइएपछि कारबाही गरेको जानकारी दिए ।
विभागले कतैबाट उजुरी आएको खन्डमा तत्कालै कारबाही गर्ने र कालोबजारी नियन्त्रणका लागि काम गरेको दाबी गरेपनि बजारमा महँगी तथा कालोबजारी नियन्त्रण भने हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्