Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै सांसद लिलादेवीकाे आपत्ति


585
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालकी सांसद लिलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिटौलाले विगतमा केपी ओली नेतृत्वको सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउँदा राष्ट्रपतिले प्रमाणिकरण गरेको बताउनुभएकाे हाे । तर अहिले संसदबाट पारित भएको विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै आपत्ति जनाउनुभयाे ।

उहाँले राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टी विशेषको हुन्छ भन्दै प्रश्न समेत गर्नुभयो। उहाँले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभयो।

उहाँले देशका अगुवा नेताहरुको जुँगाको लडाइँका कारण देश अस्थिर भइरहेको बताउनुभयो । उहाँले देशको परराष्ट्र नीति पार्टीपिच्छे फरक रहेको भन्दै देशको परराष्ट्र नीति एउटै हुनुपर्ने बताउनुभयो । परराष्ट्र नीति एउटै भएमात्रै देश स्थिर रुपले अगाडि बढ्न सक्ने उहाँको भनाइ छ ।