Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


एसएमएसबाटै बाढीपहिरोको पूर्वसूचना


0
Shares

सुर्खेत, जेठ ८ । सुर्खेतवासीले बाढीपहिरोको पूर्वसूचना मोबाइल एसएमएसबाटै थाहा पाउने भएका छन् ।

वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान विभागले बाढीको पूर्वसूचनाका लागि मोबाइल एसएमएस प्रणालीको शुरुआत गरेको हो ।

जल तथा मौसम कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले आकस्मिक बाढीको पूर्वसूचना बाढी आउनु केही घण्टाअगावै जनतासम्म पुर्‍याइ जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले एसएमएस प्रणाली शुरुआत गरिएको बताउए ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नेपाल टेलिकम र एनसेल सिम प्रयोगकर्ता सबैमा एसएमएस पठाउने व्यवस्था मिलाएको छ ।

“११५५ वा जलवायुबाट सबैको मोबाइलमा बाढीको पूर्वसूचना आउने व्यवस्था मिलाएका छौँ”, उनले भने, “पूर्वसूचनाले नागरिकलाई सम्भावित जोखिमबाट सुरक्षित रहन उपयोगी हुनेछ ।” रासस