
काठमाडौं । नयाँ सिजनको स्पेनिस लिग ला लिगा फुटबल सुरु भएको छ । नयाँ सिजनको पहिलो खेलमै उपाधि दावेदार बार्सिलोना रोकिएको छ ।
बार्सिलोनालाई शनिबार राति भएको खेलमा रायो भायकानोले गोलरहित बराबरीमा रोकेको हो ।
खेल अवधिभर पकड जमाएपनि बार्सिलोनाले गोल गर्न सकेन । भालेकानोले पनि केहि अवसरलाई सदुपयोग गर्न सकेन ।
ला लिगाका अन्य खेलहरुमा भियारियलले रियल भालाडोलिडलाई ३–० ले हराउँदा ओसासुनाले सेभियामाथि २–१ को जित निकाल्यो । सेल्टा भिगो र इस्पानियोलले २–२ गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस्