बिहारमा विशालु रक्सी सेवनबाट ६ जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१९ आश्विन २०७९, बुधबार | Thu Oct 6 2022


बिहारमा विशालु रक्सी सेवनबाट ६ जनाको मृत्यु


78
Shares

एजेन्सी । भारतको बिहार राज्यको सारण जिल्लामा प्रतिबन्धका बाबजुद विशालु रक्सी सेवन गर्दा ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो तीनमा विशालु रक्सी सेवनका कारण उनीहरूको मृत्यु भएको हो । गत हप्ता सोही जिल्लामा विशालु रक्सी सेवनका कारण ११ जनाको मृत्यु भएको थियो भने थुप्रै बिरामी परेका थिए ।

स्थानीयले विशालु रक्सी सेवनका कारण मृत्यु भएको दाबी गरे पनि पोष्टमार्टमपछि मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ ।

रक्सी व्यापार गर्ने गिरोहलाई पक्राउ गर्ने अभियान सुरु गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत वर्ष नोभेम्वरदेखि हालसम्म विशालु रक्सी सेवनका कारण बिहारमा मात्र ६० जनाको मृत्यु भइसकेको छ ।