
तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिंगालले टोकेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । सिसौको रुखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा कुमाल घाइते भएका थिए ।
उनको गण्डकी अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
अरिंगालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्