३० असार २०८२, सोमबार | Mon Jul 14 2025


दक्षिण कोरियाले नेपाली श्रमिक लैजाने, डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिने तयारी


0
Shares

काठमाडौं । दक्षिण कोरियाले भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया लान तयार भएको जनाएको छ ।

जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना महामारीका कारण रोकिएको छ ।

नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले महामारीका कारण कोरियाली भाषा परीक्षा केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिने बताए ।

इपिएस प्रणाली अन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो ।

कोरियामा ४० हजारभन्दा बढी नेपाली इपिएस अन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् ।

हरेक वर्ष लगभग सात हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् । यस वर्ष पनि सात हजार दरबन्दी नेपालका लागि छुट्याइएको थियो ।