Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


13.1k
Shares

रसुवा । गोसाईकुण्ड गाँउपालिका–५ स्थित गोसाइकुण्ड तिर्थबाट शुक्रबार घर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बेहोस हुनेमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका–८ बस्ने नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका–११ बस्ने साधना प्याकुरेल र धादिङ्गको निलकण्ठ नगरपालिका–३ बस्ने निर्जिव दुवाडी रहेका छन् ।

सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।