
एजेन्सी । भारतको पूर्वी तटीय क्षेत्रमा समुद्री आंधीका जनजीवन प्रभावित भएको छ ।
अंपुन नाम दिइएको आंधीका कारण उडिसा राज्यमा एक जना शिशुको मृत्यु भएको छ ।
आंधी आउने पूर्वानुमानपछि पश्चिम बंगलामा ५ लाखभन्दा बढी र उडिसामा १ लाख ५८ हजार ६ सय बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
पश्चिम बंगालको सुन्दरवन क्षेत्रमा हावाहुरीका साथै भारी वर्षा भइरहेको छ । उडिसामा हावाहुरीसँगै रुख तथा बिजुलीका पोलहरु ढलेका छन् ।
आंधी १ सय १० किलोमिटर प्रतिघन्टाको वेगभन्दा बढीले बढ्न सक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् । आँधी बंगलादेशको तटीय क्षेत्र हुँदै अघि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्