३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


विश्व संस्कृत दिवस औपचारिक रुपमा घोषणा गर्न माग


91
Shares

काठमाडौं । संस्कृतज्ञहरुले श्रावण शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रुपमा औपचारिक घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार संस्कृत दिवसको अवसरमा काठमाडौंको वाल्मीकि विद्यापीठमा एक कार्यक्रम गरी विद्वानहरुले समृद्ध भाषा संस्कृतको प्रवद्र्धनका लागि दिवस आवश्यक रहेको बताए ।

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषि तर्पणीका दिन संस्कृत दिवस मनाउने प्रचलन छ । संस्कृत भाषाको जगेर्नाका लागि पहलकदमी आवश्यक रहेको वक्ताहरुको मत रहेको छ ।

संस्कृत दिवसको अवसरमा आयोजित पुनः जागरण, जनचेतना, भाषिक चेतना र ज्ञानवृद्धिका कार्यक्रमले सञ्चारमाध्यममा संस्कृत भाषाको पहुँच बढेको बताइन्छ । यसैको प्रभावमा संस्कृतानुरागी बढ्न थालेको बताइन्छ । नेपालसहित विश्वका ३० बढी देशमा संस्कृत भाषा सम्बन्धी विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ ।