२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


चक्रवात आँधीका कारण भारतमा एकजनाको मृत्यु, तटीय क्षेत्र खाली


0
Shares

काठमाडौं, जेठ ७ । अंम्पुन नामक चक्रवाती आँधीले भारतको उडिसामा भवन भत्कंदा एक जना बालिकाको मृत्यु भएको छ ।

उडिसाको उत्तर पश्चिम दिशामा यसको प्रभाव परेको छ । प्रतिघण्टा १ सय ८५ किलोमिटरको दरले आएको आँधीले सो क्षेत्रका दर्जनौं घरहरुमा क्षति पुगेको छ भने अधिकांश रुखहरु ढलेका छन् ।

सो आँधी अहिले उडिसाबाट कोलकता हुँदै दक्षिणपूर्व तर्फ लागेको छ । यसअघि सो आँधी भारतको पश्चिम बंगाल र उडिसा राज्यका नागरिकलाई आँधीले क्षति पुर्‍याउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको थियो ।

आँधीका कारण तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

कोरोना संक्रमणको महामारीका बीच आँधी आएपछी उडिासा र कोलकताका सर्वसाधारण थप मारमा परेका छन् । सन् १९९९ मा उडिसामा आएको चक्रवत आँधीका कारण ९ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

उक्त समयको भन्दा यस पटकको आँधी बढी शक्तिशाली हुने मौसमविद्हरुले चेतावनी दिएका छन् । चक्रवतसँगै पूर्वी भारतका केही स्थानमा भिषण वर्षा हुने अुनमान गरिएको छ ।

यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै मौसमबिदहरुले सचेत तुल्याएका छन् । (एजेन्सी)