
काठमाडौं, जेठ ७ । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २२५ हजार नाघेको छ ।
सबैभन्दा धेरै अमेरिकामा ९३ हजार ५६१ को मृत्यु भएको छ ।
बेलातयतमा ३५ हजार ३४१, इटलीमा ३२ हजार १६९, फ्रान्समा २८ हजार २२, स्पेनमा २७ हजार ७७८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
हालसम्म ५० लाख १२ हजार ९०१ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १९ लाख ७७ हजार २७७ जना निको भइसकेका छन् ।
२७ लाख १० हजार १२७ संक्रमितको उपचार भइरहेको छ ।
ब्राजिलमा १७ हजार ९८३, रुसमा ८ हजार ७६४ भारतमा २४ घण्टामा ३ हजार ३१६ संक्रमित थपिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्