२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रधानमन्त्री ओलीले दिए क्वारेन्टीनको अवस्था सुधार्न निर्देशन


0
Shares

काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी ओलीले मुलुकभरका क्वारेन्टीनको अवस्था सुधार्न निर्देशन दिएका छन् ।

काठमाडौंको छाउनीस्थित नेपाली सेनाको कार्यालयमा स्थापित कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभरका क्वारेन्टीनको अवस्था राम्रो नरहेको सूचना आइरहेकाले सुधार्न निर्देशन दिएका हुन् ।

बैठकमा जेठ २० मा लकडाउनको अवधि सकिएपछि सरकारले लिने कदम र रणनीति, विदेशबाट ल्याउनु पर्ने नागरिकको संख्या र व्यवस्थापनबारे प्रधानमन्त्री ओलीले चासो राखेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव एवं सीसीएमसीका संयोजक महेन्द्रप्रसाद गुरागाईँले अहिलेको अवस्थाबारे जानकारी गराएका थिए ।

ब्रिफिङमा तत्काल १३ लाख ५० हजार नेपालीलाई स्वदेश फर्काउन सकिने गरी तयार पारिएको प्रस्तावित योजना पेश भएको जनाइएको छ । जसमा जहाजबाट १० लाख र भारतबाट ३ लाख ५० हजार ल्याउन सकिने सीसीएमसीको निचोड छ ।

भारतबाट आएकामध्ये करिब १५ प्रतिशत कोरोना संक्रमित हुने अनुमान पनि गरिएको छ । विदेशबाट आउनेहरूलाई सीमाना र विमानस्थलदेखि कसरी उनीहरूको घरसम्म लैजाने भन्ने योजना पनि बनाइएको छ ।

कोराना भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सरकारले सेन्टरको स्थापना गरेको थियो ।