Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अजयमेरु गाउँपालिका–४ को कार्यालयमा तालाबन्दी


0
Shares

डडेल्धुरा, जेठ ७ । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर–४, चिपुरको कार्यालयमा बुधबार तालाबन्दी गरिएको छ ।

गाउँपालिकाले ‘लकडाउन’का समयमा जिल्लाबाहिरलगायत अन्य ठाउँबाट आएका कसैलाई ‘क्वारेन्टाइन’मा राखेको र कसैलाई घर जान दिएको भन्दै स्थानीयले वडा कार्यालयमा ताला लगाएका हुन् ।

जनप्रतिनिधिसँग नजिक रहेका स्थानीयलाई शक्तिको भरमा लुकाएर घर पठाइने गरेको रामबहादुर विष्टले बताए ।

जिल्लाबाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने र पहुँच भएकाहरुलाई घर जान दिने गरेको भन्दै बाहिरबाट आएकालाई घर पठाएर कोरोनाको जोखिम बढाएको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।