Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


छिन्चुमा कोरोना परीक्षण कक्ष बनाउन नगरपालिकाले नदिने


0
Shares

सुर्खेत, जेठ ७ । सुर्खेतको भेरीगंगा नगरपालिकाले छिन्चुमा कोरोना परीक्षण कक्ष बनाउन नदिने भएको छ ।

कर्णाली प्रदेश सरकारले छिन्चुमा कोरोना परीक्षण कक्ष बनाउने तयारी थालेसँगै नगरपालिकाले विरोध गरेको हो ।

छिन्चुबजारको केन्द्रमा रहेको स्कुल र मदानेचौर जंगलमा सरकारले कोरोना परीक्षण कक्ष बनाउने तयारी गरेको थियो ।

कोरोनाभाइरसको संक्रमण निर्मुल गर्नु सबैको साझा दायित्व भएको भन्दै मेयर भुपेन्द्र चन्दले आपसी सहमति र सहकार्यमा कोरोनाविरुद्धको अभियानमा एकताबद्ध हुनुपर्ने बताए ।

उनले सर्वसाधारणले विरोध गरेका कारण यहाँ परीक्षण कक्ष नबाउन प्रदेश सरकारलाई आग्रह गरे ।

भारतबाट कर्णाली प्रदेश भित्रनेको संख्या बढ्दै गएकाले बबई नाकामा परीक्षण कक्ष बनाउन उपयुक्त ठाउँ नभेटेपछि प्रदेश सरकारले छिन्चुबजारको विद्यालय र मदानेचौरलाई छनोट गरेको थियो ।