Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


दुम्कौलीस्थित चौधरी उद्योगग्रामसहित पाँचओटा वडाहरु ‘सिल’


0
Shares

नवलपरासी, जेठ ७ । पूर्वी नवलपरासीको दुम्कौलीस्थित सिजी कम्पनीको चौधरी उद्योगग्रामसहित पाँचओटा वडाहरु सिल गरिएको छ ।

रुपन्देही घर भइ पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा माइतीघर भएकी २४ वर्षीया महिलामा कोरोना पुष्टि भएसँगै उद्योगसहित नगरपालिकाका १ देखि ५ नम्बर वडा सिल गरिएको हो ।

संक्रमित महिला नौ दिन माइत बसेर काठमाडौं गएलगत्तै उनलाई कोरोना ‘पोजिटिभ’ देखिएको बताइएको छ ।

संक्रमित महिलाको माइतीले उद्योगअगाडि किराना पसल सञ्चालन गर्दै आएका छन् ।

उद्योगमा ५० जना कर्मचारी छन् । तीमध्ये १२ जनाले सोही किराना पसलबाट उद्योगभित्र सामान लैजाने गरेका थिए ।

जोखिमलाई मध्यनजर गरेर उद्योगभित्रका कर्मचारीको आउजाउमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

संक्रमितको सम्पर्कमा आएका १२ जनाको स्वाब संकलन गरेर पठाइएको छ ।