३० असार २०८२, सोमबार | Mon Jul 14 2025


तनहुँमा फलफूल तथा तरकारी नष्ट


0
Shares

तनहुँ, जेठ ७ ।  शुक्लागण्डकी नगरपालिकाले कोभिड –१९ को संक्रमण फैलन सक्ने जनाई बाह्य जिल्लाबाट आयात गरिएका फलफूल तथा तरकारी धमाधम बरामद गरी नष्ट गर्न थालेको छ ।

बन्दाबन्दीका समयमा स्थानीय सरकारको नियम विपरीत फलफूल तथा तरकारी ढुवानी गरेको भन्दै ग २ च ८४७ नम्बरको मिनीट्रकलाई नियन्त्रणमा लिएर फलफूल तथा तरकारी नष्ट गरिएको उपप्रमुख सविता रसाइलीले जानकारी दिए ।

जिल्लाका दश वटै स्थानीय तहले बाहिरी जिल्लाबाट आउने फलफूल तथा तरकारीमा पूर्ण रुपमा रोक लगाउने तथा स्थानीयस्तरमा उत्पादन गरिएका तरकारी स्थानीय स्रोत र साधनको प्रयोग गरी बिक्रीवितरण गर्न दिने निर्णय गरेका थिए ।

स्थानीय सरकारले पटक पटक सूचना जारी गरी नियम उल्लङ्घन नगर्न  आग्रह गर्दा गर्दै पनि अटेर गरेको पाइएकाले उक्त सवारी साधनलाई नियन्त्रणमा लिएर फलफूल तथा तरकारी नष्ट गरिएको नगर प्रमुख किसान गुरुङले जानकारी दिए ।

जिल्लाभित्र उत्पादन भएका फलफूल तथा तरकारी ढुवानी भने  निर्बाध गर्न अनुमति दिइएको छ । रासस