३० असार २०८२, सोमबार | Mon Jul 14 2025


राहत हैन रोजगारी दिन भारतबाट फर्केका बझाङका युवाहरुको माग


13
Shares

बझाङ । युवाहरुले गाँउमा रोजागारी दिनुपर्ने माग गरेका छन् ।

रोजगारी गर्न भारतका विभिन्न शहरहरुमा गएर गाँउ फर्केका युवाहरुले स्थानीय सरकारले आफ्ना लागि गाँउघरमै रोजागारी दिनुपर्ने बताएका छन् ।

सरकारले गरेको लकडाउनका कारण काम गर्न भारत जान नसकिने भएपछि भोकभोकै बस्नु पर्ने अवस्था आएका कारण राहतका कार्यक्रमभन्दा रोजगारीका कार्यक्रमहरु आवश्यकता भएको बताएका छन् ।

भारतका विभिन्न क्वारेन्टाइनमा बस्दा दुःख पाएको र अहिले धेरै नेपाली भारतमा अलपत्र परेका तथा त्यहाँको सरकारले उनीहरुलाई निकै अपमान गर्ने गरेको बताएका छन् ।

उनीहरुको उद्धार कार्यलाई पहिलो प्राथमिकता दिएर सरकारले स्वदेशमै रोजगारीको वातावरण बनाउन आग्रह गरेका छन् ।