१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


रुसमा तीन लाख मानिस कोरोनाबाट संक्रमित, विश्वभर करिब ५० लाख मानिस कोरोनाको चपेटमा


0
Shares

एजेन्सी, जेठ ७ । कोरोना भाइरसबाट संक्रमित हुने संख्याको आधारमा दोस्रो स्थानमा रहेको रुसमा तीन लाख मानिस संक्रमित भएका छन् । त्यहाँ मृत्युचाहिँ २ हजार ८३७ जनाको मात्र भएको जनाइएको छ ।

जबकी संसारभर संक्रमितको संख्या करिब ५० लाख पुगेको छ । अहिलेसम्म ४९ लाख ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भैसकेका छन् । १९ लाख ५८ हजारभन्दा बढी मानिस भाइरसलाई जितेर घर फर्किका छन् ।

विश्वभर करिब ३ लाख २५ हजार व्यक्तिको मृत्यु हुँदा अमेरिका एउटै देशमा सबैभन्दा बढी साढे ९३ हजार व्यक्तिको मृत्यु भएको छ । त्यहाँ १५ लाख ७० हजारभन्दा बढी व्यक्ति संक्रिमत छन् ।

स्पेनमा २ लाख ७९ हजार संक्रमित हुँदा मृतक साढे २७ हजारभन्दा बढी छन् । ब्राजिलमा २ लाख ७२ हजार संक्रमित हुँदा १८ हजार मानिसको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ४९ हजार संक्रमित हुँदा ३५ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा बेलायत दोस्रो स्थानमा छ ।

इटालीमा २ लाख २७ हजार संक्रमित बन्दा ३२ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । फ्रान्समा १ लाख ८१ हजार संक्रमित हुँदा २८ हजारले ज्यान गुमाएका छन् । जर्मनीमा १ लाख ७८ हजार संत्रमित हुँदा ८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

यसैगरी बेल्जियममा ९ हजारभन्दा बढी, इरानमा ७ हजारभन्दा बढी, क्यानडामा ५ हजार ९ सयभन्दा बढी, मेक्सिकोमा ५६ सयभन्दा बढी, नेदरल्याड्समाम ५७ सयभन्दा बढी, चीनमा ४६ सय ३४ र टर्कीमा ४१ सय ९९ जनाको मृत्यु भएको छ ।