
एजेन्सी । चेल्सी विङ्गर क्यालुम हुडसन ओडोई अभ्यासमा फर्किएका छन् । गत आइतबार पक्राउ परेका उनी हिजोबाट नियमित अभ्यासमा फर्किएका हुन् ।
१९ वर्षका ईङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी बलात्कारको आशंकामा पक्राउ परेका थिए । उनी धरौटीमा रिहा भएका हुन् ।
कोरोनाको परीक्षण गर्दा नेगेटिभ देखिएपछि उनलाई अभ्यासमा समावेश गरिएको हो ।
प्रिमियर लिगले खेलाडीहरुलाई सानो समूहमा अभ्यास गर्ने अनुमति प्रदान गरेको छ । सोही अनुसार खेलाडीले पहिलो चरणको अभ्यासमा सहभागी हुने मौका पाएका छन् ।
र विभिन्न क्लबले परीक्षण सकेर खेलाडीलाई अभ्यासमा सहभागी गराएका छन् । गत मार्चमा ओडोईले लण्डन क्लबसँग ५ वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए ।
तीन पटक ईङल्याण्डको क्याप जितेका उनी कोरोनाको संक्रमणबाट मुक्त हुँदै मैदान फर्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस्