३० असार २०८२, सोमबार | Mon Jul 14 2025


प्रिमियर लिग फुटबलका ६ जना खेलाडी र कर्मचारी कोरोना संक्रमित


0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलका ६ जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ ।

प्रिमियर लिगले क्लबको प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीसहित अन्य कर्मचारी गरि ७ सय ४८ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो ।

त्यसमध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक ड्यान वोइन रहेका छन् ।

अरु दुई जना अर्को क्लबका खेलाडी रहेपनि उनीहरुको नाम भने खुलाइएको छैन । कोरोना पोजेटिभ देखिएका खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहेको बताइएको छ ।

प्रिमियर लिगले हिजोबाट क्लबलाई प्रशिक्षणको अनुमति दिएको छ । कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ ।

तर, प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।

यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।