२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भारतको ओडिसा आसपासमा एम्फन चक्रवत आँधी आउनसक्ने


0
Shares

काठमाडौं । भारतमा एम्फन नामक चक्रवत आँधी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

पश्चिम बंगाल र ओडिशा राज्यका नागरिकलाई आँधीले क्षति पु¥याउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

१८५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आउने भनिएको आँधीका कारण तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लगिएको छ ।

भारतीय मौसम विभारग (आइएमडी) का अनुसार एम्फनले पश्चिम बंगालको दिघा र बंगलादेशको हटिया टापुको बीचमा रहेको सुन्दरवन नजिकैको टापुको बीचमा चक्रवती तुफान आउने छ ।

ती क्षेत्रमा हिजो दिउँसो दुईसय किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावाहुरी चलेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमणको महामारीका बीच आँधी आउन लागेपछि त्यहाँका स्थानीयलाई सामाजिक दुरी कायम गरेर अन्यत्र स्थानान्तरण गरिएको अधिकारीहरुले जनाएका छन् ।

सन् १९९९ मा ओडिसामा आएको चक्रवत आँधीका कारण ९ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

उक्त समयको भन्दा यस पटकको आँधी बढी शक्तिशाली हुने मौसमविद्हरुले चेतावनी दिएका छन् ।

आँधीका काण पश्चिम बंगालका केही क्षेत्रहरुसमेत प्रभावित हुने बताइएको छ ।

८५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आउन सक्ने आँधीले ओडिशा तट, जगतसिंहपुर, भद्रक्, बालासोर र केन्द्रपारा लगायतका क्षेत्रहरु प्रभावित हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चक्रवतसँगै पूर्वी भारतका केही स्थानमा भिषण वर्षा हुने अुनमान गरिएको छ । (एजेन्सी)