Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


संक्रमितको मृत्युपछि टोखामा स्वाव परिक्षण, रिपोर्ट नेगेटिभ


0
Shares

काठमाडौं, जेठ ६ । टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा गरिएका २४ व्यक्तिको  स्वाब सङ्कलनको नतिजा नेगेटिभ देखिएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौंको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी सावित्री तिम्सीना चालिसेको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएपछि टोखामा गरिएको २४ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका–९ बुद्धमार्गमा गरिएको २४ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएको जानकारी दिए ।

“स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ देखिएको छ”, उनले भने ।

टोखा नगरपालिका–९ बुद्धमार्गका २४ जनाको स्वाब सङ्कलनको नतिजा नेगेटिभ देखिएसँगै शनिबार रातिदेखि शिल गरिएको गोँगबु क्षेत्रलाई बन्दाबन्दी खुकुलो बनाइएको छ ।

टोखाले स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएकाले नडराइकन सम्यमता अपनाइ लकडाउनको पूर्ण पालना गर्न नगरबासीलाई आग्रह समेत गरेको छ । रासस