 
	    पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री जीवनराम श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा सञ्चालन हुने दाबी गर्नुभएको छ ।
विमानस्थल सञ्चालन पूर्व रिठ्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट स्थानान्तरण गर्नु अनिवार्य भएको र त्यसका लागि पोखरा महानगरले प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।
आउँदो पुस १७ गते अर्थात् २०२३ जनवरी १ बाट विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको सरकारले त्यसअघि बाँकी काम सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।
चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा निर्माणाधीन यो विमानस्थलमा क्यालिब्रेसन फ्लाइट आगामी असोज÷कात्तिकमा गर्ने तयारी छ ।
पोखराको चाउथेमा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म टर्मिनल भवन, पेरीफेरि रोड, रनवे, २५ मिटर ह्यांगर, ट्क्याक्सी वे, विमानस्थलभित्र टर्मिनल भवन, यात्रु आउजाउको बाटो, एटिआर, ३ अन्तर्राष्ट्रिय विमान र ४ ट्विनअटर विमान पार्किङका लागि भौतिक संरचना बनिसकेका छन् ।
विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले विमानस्थलको ९८ प्रतिशतका काम पूरा भएको जानकारी दिनुभयो । अब यहाँ आर्मी ब्यारेक र आयल निगम डिपो निर्माण पनि हुन बाँकी छ ।
आयोजना प्रमुख मुनंकर्मीले पुस १७ अगावै विमानस्थलभित्रका आवश्यक सम्पूर्ण भौतिक संरचनाको काम पूरा हुने बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्