
काठमाडौं, जेठ ६ । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ ।
भारतमा पछिल्लो २४ घन्टामा संक्रमितको संख्या चार हजार ९७० ले थपिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।
योसँगै भारतमा कुल संक्रमितको संख्या एक लाख एक हजार १३९ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट १३४ जनाको ज्यान गएको छ । मृत्यु हुनेको कुल संख्या तीन हजार १६३ भएको छ ।
लकडाउन खुकुलो बनाएपछि संक्रमितको संख्या ह्वात्तै बढेको बताइएको छ ।
संक्रमितमध्ये ३९ हजार १७४ जना निको भएका छन् ।
सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा ३५ हजार ५८ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या १२ सय ४९ रहेको छ ।
यस्तै, तमिलनाडुमा ११ हजार ७६० र गुजरातमा ११ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्