स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षिय रुपमा सञ्चालन गर्न सांसद अधिकारीको माग « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षिय रुपमा सञ्चालन गर्न सांसद अधिकारीको माग


65
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षिय रुपमा सञ्चालन गर्न माग गर्नुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई खारेज गर्न लागेको आरोप लगाउनुभयो । सरकारी अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उहाँले बीमा कार्यक्रमलाई सरकारले रद्ध गर्न लागेको बताउनुभएको हो ।

सांसद अधिकारीले स्वास्थ्य बीमा कार्यक्रममार्फत ज्येष्ठ नागरिक, अपांग नागरिक तथा एच.आई.भि.एड्स संक्रमितहरुले लाभ लिइरहेकाले उनीहरुको स्वास्थ्यमाथि खेलवाड नगर्न अनुरोध गर्नुभयो । उहाँले यसलाई कुनैपनि हालतमा सरकारले जनपक्षिय रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।