२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


हाम्रो हातमा नक्शा, उनको हातमा जमिन नहोस्ः कांग्रेस प्रवक्ता शर्मा


0
Shares

काठमाडौं, जेठ ६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मन्त्रिपरिषदबाट नेपालको भूमि समेटेर नयाँ नक्शा पारित हुनु सकारात्मक भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नक्शा पारित हुनु सकारात्मक र स्वागतयोग्य भएको बताएका हुन् । उनले अब नेपाली भूमि कालापानीमा बसेको भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्ने पनि बताए ।

नेपालको सबै भूभागमा नेपालकै पूर्ण हक हुनुपर्ने ट्वीट गर्दै शर्माले त्यसका लागि दुबै छिमेकी देशसँग कूटनीतिक पहल गर्न सरकारलाई सल्लाह पनि दिएका छन् ।

शर्माले लेखेका छन्, ‘अब सरकारको वास्तविक परीक्षा प्रारम्भ भएको छ । दुबै छिमेकीसँग गहन कुटनीतिक पहल शुरु गर्नुपर्छ ।’ नक्शा पारित गरेर मात्रै नपुग्ने भन्दै उनले भनेका छन्, ‘हाम्रो हातमा नक्शा उनको हातमा जमिन हुनुहुन्न ।’