१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


विदेशबाट ह्वारह्वार्ती मान्छे ल्याएर सोत्तर बनाउने ? : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी ओलीले विदेशमा रहेका नेपालीलाई ह्वार् ह्वार्ती नेपाल ल्याउन नसकिने प्रष्ट गरेका छन् ।

मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ह्वार्ह्वार्ती मानिस ल्याएर देशमा सोत्तर बनाउने भन्दै प्रतिप्रश्न गरे ।

विदेशमा रहेका नेपालीलाई ल्याउनुपर्छ भन्न सजिलो भन्दै प्रधानमन्त्री ओलीले भने, ‘ह्वारह्वार्ती ल्याउने, कोरोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा छैनौं ।’

उद्धार भने जस्तो सजिलो नभएको भन्दै उनले यो अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना सय जना नागरिक फिर्ता लगेजस्तो नरहेको बताए ।
कतारले सय जना लैजानु र हामीले कतारबाट पौने चार लाख मानिस ल्याउनु एउटै नभएको भन्दै उनले आफू र परराष्ट्रमन्त्रीले कतार, यूएई, कुवेत, इजरायल, बहराइनलगायतका सरकार प्रमुखलगायतसँग कुराकानी गरिरहेको बताए ।

त्यहाँका सरकारले नेपाली नागरिकलाई आफ्नो नागरिकसरह व्यवहार गर्ने वचन दिएको सुनाउँदै उनले समस्यामा परेका नेपालीलाई कसरी ल्याउने भन्ने तयारी भइरहेको जानकारी पनि दिए ।