Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


भारतलाई प्रधानमन्त्री ओलीको प्रश्न–सत्यमेव जयते कि सिंहमेव जयते ?


0
Shares

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई सत्यमेव जयते कि सिंहमेव जयते कता के हो भन्दै प्रश्न गरेका छन् ।

मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले भारतको प्रतीक चिह्नमा भएको दुई बिम्वलाई संकेत गर्दै उक्त प्रश्न गरेका हुन् ।

भारतको प्रतीक चिन्हमाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतको एउटा प्रतीक चिह्न छ, भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिह्न छ । त्यसको मुनी सत्यमेव जयते लेखेको हुन्छ ।’

‘सत्मेव जयते’ भारतको चिह्नमुनी लेखिएको भए पनि विश्वासचाहिँँ आफूले गर्ने भन्दै उनले भने, ‘म सोध्नेछु भारतलाई– सिंहमेव जयते कि सत्यमेव जयते ?’

तर आफूहरु, नेपाल भने सत्यमेव जयतेमा विश्वास गर्ने भन्दै भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याइने विश्वास व्यक्त गरे ।