२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


‘उपचारकाक्रममा कसैको मृत्यु भएमा लापरबाही भए/नभएको कसले पुष्टि गर्ने ?’


0
Shares

काठमाडौं, भदौ १ । वरिष्ठ पत्रकार हरिहर विरहीले शुक्रबारदेखि कार्यान्वयनमा आएको अपराध संहिता अलोकतान्त्रिक रहेको भन्दै यसले पत्रकारिता क्षेत्रको स्वतन्त्रता सीमित गर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले बन्धनकारी बुँदाहरुले प्रेस स्वतन्त्रता हनन् गर्ने र खोजी पत्रकारिता सम्भव नहुने बताए ।

सोही कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले ‘उपचारकाक्रममा कसैको मृत्यु भएमा लापरबाही भए/नभएको कसले पुष्टि गर्ने ?’ भनी प्रश्न गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामनारायण बिंडारीले मुलुकी संहिताको स्वागत गर्नुपर्ने धारणा राखे ।

उनले संसदबाट सर्वसम्मतरुपमा पारित गरिएको संहिता कार्यान्वयनमा समस्या आए संशोधन गर्नसकिने बताए ।