Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


वीपी प्रतिष्ठानको प्रसुती वार्ड सिल


0
Shares

सुनसरी, जेठ ५ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुती वार्ड सिल गरिएको छ ।

धनकुटाकी कोरोना संक्रमित स्टार्फ नर्सले उपचार गरि सुनसरीको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि रेफर गरेकी सुत्केरी महिलालाई भर्ना गरिएको घटना सार्बजनिक भएपछी प्रतिष्ठानको प्रसुति वार्डलाई सिल गरिएको हो ।

संक्रमित नर्सको सम्पर्कमा रहेकी सुत्केरी महिला प्रतिष्ठान भर्ना भएको पत्ता लागेपछि सबैको सुरक्षाका लागि प्रसुति वार्ड सिल गरिएको उपकुलपती डाक्टर ज्ञानेन्द्र गिरीले जानकारी दिए ।

जिल्ला अस्पताल धनकुटाबाट महिलालाई थप उपचारका लागि शुक्रवार प्रतिष्ठान भर्ना गरिएको थियो ।

महिलाको रिपोर्ट आएपश्चात मात्र नयाँ विरामी भर्ना गर्ने नगर्ने भन्ने विषयमा प्रतिष्ठानले निर्णय लिने बताईएको छ ।