१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


क्रिमसन अस्पतालमा भर्ना भएका गुल्मीका पुरुषमा कोरोना संक्रमण


0
Shares

गुल्मी, जेठ ५ । गुल्मीको मदाने गाउँपालिकाका एक पुरुषमा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यवस्था ठीक नभएपछि उपचारका लागि यही जेठ १ गते रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना भएका मदाने– २ का ४१ वर्षीयमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

ज्वरो र रुघाखोकीका कारण उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका उनको कोरोना आशंकामा प्रदेश प्रयोगशालामा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको मदानेका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

उनको अस्पतालको आइसियूमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साले जानकारी दिए । यससँगै प्रदेश नं ५ मा कोरोना संक्रमित १५९ पुगेका छन् । रासस