हेटौंडामा ४ वटा सवारी साधन एक-आपसमा ठोक्किदा एक दर्जन बढी घाइते « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


हेटौंडामा ४ वटा सवारी साधन एक-आपसमा ठोक्किदा एक दर्जन बढी घाइते


416
Shares

काठमाडौं । हेटौंडामा रिलायन्स स्कुल बससहित ४ वटा सवारी साधन एक-आपसमा ठोक्किदा एक दर्जन बढी घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका मध्ये केही स्थानीय रिलायन्स स्कुलका विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज साेमबार बाराबाट हेटौंडा आउँदै गरेको ट्यांकरले हेटौंडा–१५ रातोमाटमेमा ट्रक, कार र स्कुल बसलाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीले बताएकाे छ ।

दुर्घटनामा घाइते भएकालाई उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएकाे छ । घटनामा मानवीय क्षति भने भएको छैन् ।