Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


गल्याङ नगरपालिकामा विभिन्न नाकामा काँडेतार


0
Shares

स्याङ्जा, जेठ ५ । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरपालिका क्षेत्रमा कोरोनाको जोखिम बढ्न नदिन विभिन्न ठाउँमा काँडेतार लगाउने निर्णय गरेको छ ।

गण्डकी प्रदेशको दक्षिण नाका रहेको गल्याङ नगरपालिका–१, रामनदी धामबाट संक्रमितहरु आउनसक्ने भएकाले कडाइका साथ चेकजाँच थालिएको नगरप्रमुख भुपराज अधिकारीले बताए ।

रुपन्देही, कपिलवस्तुलगायतका दक्षिणका जिल्लामा संक्रमण बढेपछि गल्याङ नगरपालिकाले दक्षिणतर्फबाट प्रवेश गर्ने झलुंगेपुलमा समेत काँडेतार लगाएको छ ।

त्यसैगरी, कालीगण्डकी नदीमाथिको पुलमा समेत काँडेतार लगाइएको नगरपालिकाले जनाएको छ ।

विदेशबाट भित्रने व्यक्तिहरुको संख्या बढ्न थालेपछि ‘क्वारेन्टाइन’को बेड संख्यालाई बढाएर ५०० पुर्‍याउने नगरप्रमुख अधिकारी बताए ।