Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


भारतबाट फर्किएकाले मागे रोजगारी


0
Shares

बैतडी, जेठ ५ । भारतबाट फर्किएका बझाङबासीले स्थानीय सरकारले गाउँ–घरमै रोजगारी दिनुपर्ने माग गरेका छन् ।

भारतमा रोजगारी गुमेर घर फर्किएकाहरुले परिवार पाल्न समस्या भएको भन्दै स्थानीय तहमै रोजगारीको माग गरेका हुन् ।

घर फर्किएपछि दैनिक गुजारा चलाउन समस्या परेको उनीहरुको गुनासो छ ।

जिल्लाको थलारा गाँउपालिकाका ९३ जना सोमबारमात्रै आफ्नो गाउँ फर्किएका छन् ।

भारतको रामपुरमा अलपत्र परेका उनीहरुलाई विभिन्न राजनीतिक दल तथा स्थानीय सरकारको पहलमा उद्धार गरिएको हो ।

गाउँ–घरमा रहेका बाँझा जमिनहरु खनजोत गर्ने र यसका लागि आफूहरुलाई स्थानीय सरकारले आर्थिक सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

झन्डै पाँच वर्ष भारतमा बसेर घर फर्किएका थलाराका एक दर्जन बढी युवाहरुले भारतमा बस्दा निकै दुःख पाएको भन्दै गाउँमै केही गर्ने बताएका छन् ।