पोखरा, जेठ ५ । गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन पोखरा सभागृहमा बस्ने भएपछि सोमबारदेखि रङरोगनसँगै मर्मत थालिएको छ ।
कोरोना संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले पोखरा, नदीपुरस्थित संसद भवन सानो हुँदा पोखरा सभागृहमा तयारी थालिएको हो ।
गण्डकी प्रदेशसभामा कुल ६० जना सांसदको प्रतिनिधित्व छ ।
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुँदैछ ।
प्रदेशसभा अधिवेशनमा प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ ।
पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको पोखरा सभागृह हलमा ‘लकडाउन’काबीच पनि आवश्यक कामदार खटाएर रङरोगन, कुर्सी व्यवस्थापन र माइक जडान कार्य सुरु गरिएको छ ।
सभा हल करिब एक हजार २०० मानिस अट्ने क्षमताको छ ।
प्रदेश सभामुख नेत्रनाथ अधिकारीलगायत सम्मिलित टोलीले सोमबार पोखरा सभागृह हलको निरीक्षणसमेत गरेको छ ।
त्यसैगरी, गण्डकी प्रदेश सरकारले ११ ओटै जिल्ला अस्पतालाई नयाँ गाडी किनिदिने निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्