
काठमाडौं, जेठ ५ । कोरोना महामारीका मारमा परेका कमजोर आर्थिक अवस्थाका नागरिकलाई काठमाडौंको सोह्रखुट्टे फूड बैंकले सोमबार खुसिबु आवास क्षेत्रमा राहत वितरण गरेको छ ।
विपन्न, निमुखा र मजदुरहरु भोकै नपरुन् भन्ने उद्देश्यले फूड बैंकले विगत दुई महिनादेखि राहत वितरण गर्दै आएको छ ।
राहत लिनका लागि सयौंको संख्यामा सर्वसाधारणको भीड लागेको थियो ।
कोरोना महामारीलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरी राहत वितरण गरिएको थियो ।
राहत सामग्री काठमाडौं महानगरपालिकाको मापदन्डअनुसार रहेको फूड बैंकले जनाएको छ ।
सोह्रखुट्टे फूड बैंकले यसअघि पनि काठमाडौंका विभिन्न क्षेत्रमा राहत वितरण गर्दै आएको थियो ।
‘लकडाउन’को अवधिभर राहत वितरण गर्ने फूड बैंकले जनाएको छ ।
केही अघिसम्म विभिन्न समाजिक संस्थाहरुले राहत वितरणलाई प्राथमिकता दिएपनि पछिल्लो समय राहत वितरणमा कमी आउन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्